जनगणनामा कागजपत्रविहिनलाई छुटाउने ट्रम्पको आदेश कार्यान्वयनमा अदालती रोक


प्रकाशित मिति : भाद्र २५, २०७७ बिहीबार

अमेरिकाको जनगणनामा कागजपत्रविहिनलाई छुटाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेश कार्यान्वयनमा अदालतले रोक लगाएको छ । त्यस्तै संघीय न्यायाधिसले सेन्सस ब्यूरोको योजना भन्दा एकमहिना अगाडि नै जनगणना रोक्नुपर्ने निर्णयसँग सम्बन्धित कागजात बुझाउन ट्रम्प प्रशासनलाई निर्देशन दिएका छन् ।

न्यायाधिसले मध्य अप्रिलमा भएका सबै संचारहरु र आदानप्रदान भएका कागजातहरु तीनदिन भित्र पेश गर्न आदेश दिएका छन् । सुरुमा महामारीका कारण जनगणना अक्टोबर ३१ सम्म संचालन गर्ने सेन्सस ब्यूरोले बताएपनि पछि यसमा अवरोध आएपछि सेप्टेम्बर ३० सम्मका लागिमात्र तय गरिएको थियो ।

कानुन अनुशार जनगणनामा देखिएको संख्याका आधारमा आगामी एकदशकका लागि अमेरिकी संसदमा सिट संख्याको निर्धारण समेत गरिन्छ । जनगणना बर्षको डिसेम्बर ३१ सम्म यसको गणना गरेर राष्ट्रपतिलाई बुझाउनुपर्ने प्रावधान रहेको छ ।

अमेरिकामा एक नेपाली परिवार

सिट संख्याबारे निर्धारण गर्ने उक्त गणनामा कागजपत्रविहिनको संख्या समावेश नगर्ने ट्रम्पले घोषणा गरेका थिए । बिहिबार २० जना सिनेटरहरुले जनगणनाको तथ्यांक कसरी प्रयोग गरिनेछ भन्ने सन्दर्भमा सेन्सस ब्यूरोलाई पत्र समेत लेखेका छन् । पत्रमा कागजपत्रविहिनलाई गणनामा समावेश नगर्ने ट्रम्पको मेमो असंवैधानिक भएको उल्लेख गरिएको छ ।

अमेरिकामा झण्डै १ लाख नेपाली ग्रिनकार्डवाहक र ५० हजार अमेरिकन नागरिकता लिएका नेपाली अमेरिकन रहेको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको तथ्यांकमा उल्लेख छ । त्यस्तै त्यत्तिकै संख्यामा अन्य नेपालीहरु पनि रहेको अनुमान र तथ्यांकले देखाउने गरेको छ । यद्यपी जनगणनामा अमेरिकामा नेपालीहरुको संख्या भने कम देखिने गरेको छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com