साप्तहिक ३ सय डलरसहितको रिपब्लिकन प्याकेजमा सिनेटमा मतदान, पक्षमा खसेन ६० मत


प्रकाशित मिति : भाद्र २५, २०७७ बिहीबार

अमेरिकी सिनेटमा रिपब्लिकनहरुले ल्याएको दोश्रो चरणको १२ सय डलरको राहत चेक नसमेटिएको राहत प्याकेजमा मतदान भएको छ । गत जुलाईमा समाप्त भएको काम गुमाएकाहरुलाई दिइएको अतिरिक्त रकम ६ सयलाई घटाएर ३ सय बनाइएको यो प्याकेजका पक्षमा ५२ मत खसेको छ ।

सुरुमा सिनेटमा ल्याइएको बिल पारित गर्न कम्तीमा ६० भोटको आवश्यकता पर्ने भएपनि डेमोक्र्याट्हसरुले साथ नदिएपछि बिल पारित भएन । बिलको विपक्षमा ४७ मत खसेको जनाइएको छ । सिनेटर र्याण्ड पलबाहेक सबै रिपब्लिकनहरुले बिलको पक्षमा मतदान गरेका थिए ।

सिनेटमा रिपब्लिकन नेता मिच म्याक्कोनेलले उक्त बिल अगाडि बढाएका थिए । बिलमा पेचेक प्रोटेक्सन प्रोग्रामका लागि भने २५८ बिलियन डलर छुट्याइएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बिलले काम गुमाएकाहरुलाई डिसेम्बर २७ सम्मका लागि अतिरिक्त साप्ताहिक ३ सयको व्यवस्था गरेको थियो भने डेढ लाख डलरभन्दा कम पीपीपी ऋण लिएका विजनेशहरुलाई मिनाहाका लागि सहज बनाएको थियो । त्यस्तै हुलाक सेवा र स्कुल लगायतका लागि समेत राहतको व्यवस्था गरिएको थियो ।

डेमोक्रेटिक र रिपब्लिकनहरुबीच अहिले कुनै पनि राहत प्याकेजमा सहमति कायम भएको छैन । अगस्तको पहिलोसातादेखि परेको गाँठो एकमहिना वितिसक्दापनि जस्ताको तस्तै छ । सिनेट यसैसाता काममा फर्किएको छ भने हाउस पनि केहीदिनमा काममा फर्कदैछ ।

यस अगाडि डेमोक्र्याट्सहरुले ल्याएको ३ दशमलव ४ ट्रिलियन डलरको हिरोज एक्ट हाउसबाट गत मे महिनामा नै पारित भएको थियो । तर त्यो सिनेटबाट अस्वीकृत भएको थियो । डेमोक्र्याट्सहरु एक ट्रिलियन डलर कम गरेर २ दशमलव २ ट्रिलियनमा झर्न तयार रहेका छन् तर ह्वाइटहाउस भने १ ट्रिलियन डलरब बढेर २ ट्रिलियनमा जान तयार भएको छैन ।

एकातिर अमेरिकी राष्ट्रपतिको चुनाव आउन २ महिनापनि बाँकी छैन । अर्कोतर्फ यो आर्थिक बर्ष सेप्टेम्बर ३० मा समाप्त हुँदैछ । यो अवस्थामा संसदमा कुनै पनि सहमति कायम हुन नसक्दा अमेरिकनहरु मारमा परिरहेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com