संसदको कारवाही आजदेखि सुरु, दोश्रो चरणको चेकविना राहत प्याकेज ल्याउने रिपब्लिकन तयारी


प्रकाशित मिति : भाद्र २३, २०७७ मंगलबार

अमेरिकी संसदमा आजदेखि सिनेटको कारवाही सुरु भएको छ । कोरोनाको राहत प्याकेजमा कुनै सहमति नभएपछि संसद छुट्टीमा रहेको थियो । आज दिउसोदेखि सिनेटको बैठकबस्ने बताइएपनि प्रतिनिधिसभाभने सेप्टेम्बर १४ देखिमात्र सुचारु हुनेछ ।

संसदको छुट्टी भएको बेलामा केही वार्ताहरु भएपनि अहिलेसम्म सहमति भने कायम हुन सकेको छैन । सिनेटमा डेमोक्रेटिक नेता चक शुमरले १२ सय डलरको दोश्रो चरणको चेक र काम गुमाएकाहरुलाई साप्ताहिक ६ सय डलरको व्यवस्थासहित हाउसबाट पारित राहत प्याकेज सिनेटबाट पनि पारित गर्न आब्हान गरेका छन् ।

३ दशमलव ४ ट्रिलियन डलरको हिरोज एक्ट हाउसबाट गत मे महिनामा नै पारित भएको थियो । तर यो सिनेटबाट अस्वीकृत भएको छ । डेमोक्र्याट्सहरु एक ट्रिलियन डलर कम गरेर २ दशमलव २ ट्रिलियनमा झर्न तयार रहेका छन् तर ह्वाइटहाउस भने १ ट्रिलियन डलरब बढेर २ ट्रिलियनमा जान तयार भएको छैन । यो गाँठो एकमहिनादेखि फुक्न सकेको छैन ।

ह्वाइट हाउस । फोटो : किशोर पन्थी

सिनेटबाट रिपब्लिकनहरुले ५ सय बिलियनको एउटा सानो राहत बिल ल्याउने तयारी गरेका छन् । यो उनीहरुले नै ल्याएको १ ट्रिलियन डलरको हिल्स एक्टको संसोधित भर्सन हो । यसमा दोश्रो चरणको १२ सय डलरको चेकलाई भने नसमेटिने जनाइएको छ । यद्यपी दोश्रो चरणको राहत चेकबारे डेमोक्र्याट्सहरु र ह्वाइटहाउसदेखि रिपब्लिकनसम्म सहमत देखिएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

५ सय बिलियनको प्याकेजमा बेरोजगारी विमा रकम पाइरहेकाहरुलाई अतिरिक्त सुविधा, पीपीपी र साना विजनेशलाई ऋण, शिक्षालाई फण्ड, कोरोना परीक्षण र भ्याक्सिनलाई फण्ड, हुलाकलाई फण्ड लगायतका विषय समेटिने जनाइएको छ । तर यो पातलो बिल पारित हुने नहुने भने कुनै ठेगान छैन ।

एकातिर अमेरिकी राष्ट्रपतिको चुनाव आउन २ महिनापनि बाँकी छैन । अर्कोतर्फ यो आर्थिक बर्ष सेप्टेम्बर ३० मा समाप्त हुँदैछ । यो अवस्थामा संसदमा कुनै पनि सहमति कायम हुन नसक्दा अमेरिकनहरु मारमा परिरहेका छन् ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com