टेक्सासमा भाडा तिर्न नसकेर निकालिएका परिवारका लागि २ लाख डलर संकलन


प्रकाशित मिति : भाद्र २२, २०७७ सोमबार

टेक्सासको ह्युस्टनमा भाडा तिर्न नसकेर घरबाट निकालिएका परिवारका लागि गोफण्डमीमा २ लाख डलरभन्दा धेरै रकम संकलन भएको छ । उनीहरुलाई कानुन कार्यान्वयन अधिकारीले घरबाट निकालेको भिडियो समेत सार्वजनिक भएको थियो ।

२४ बर्षका इजरायल रोड्रीगेज, उनकी पत्नी, ४ बर्ष र २० महिनाका दुईवटा सन्तानहरु गत साता ह्युस्टनको एउटा अपार्टमेन्टबाट निकालिएका थिए । रोड्रीगेजले कोरोना महामारीपछि काम गुमाएकाले हजारौं डलर भाडा तिर्न सकेका थिएनन् । उनका लागि सेटअप गरिएको छुट्टै गोफण्डमी एकाउन्टमा ६० हजार भन्दा बढी संकलन भइसकेको छ ।

मान्छेहरु यति दयालु रहेछन् भन्ने कुरा विश्वासै गर्न नसकेको भन्दै रोड्रीगेजले पत्रकार सम्मेलनमा आँशु खसाले ।

गोफण्डमीमा संकलन भएको रकम रोड्रीगेज र उनको परिवारका लागि दिइनेछ । उनीहरु घरबाट निकालिएपछि एउटा होटलमा बसिरहेका छन् । उनीहरुसँग अहिले मुस्किलले एकदुईजोर कपडामात्र रहेको छ । उनीहरुले संकलित सहयोगबाट आफ्ना लागि कपडा किन्न सक्ने बताएका छन् ।

ह्यारिस काउन्टीको कन्स्टेबल अफिसले एकैदिनमा रोड्रीगेजसहित ८ वटा परिवारबिरुद्धको घरनिकालाको आदेश कार्यान्वयन गरेको थियो । उक्त घर निकालाको भिडियो सीएनएनले कभर गरेको थियो । भाडा तिर्न नसकेका कैयन परिवार घरबाट रुदै निकालिएका थिए ।

उनीहरुका लागि संचालित गोफण्डमीमा २ लाख १० हजार भन्दा धेरै रकम संकलन भइसकेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com