२४ कार्तिक २०८३, मंगलबार| Tuesday, November 10, 2026
अमेरिका

कोरोनाबिरुद्धको भ्याक्सिनले ७१ बर्ष कटेकाहरुमा समेत राम्रोसँग काम गरेको मोडेर्नाको घोषणा

आफूले बनाइरहेको कोरोनाबिरुद्धको भ्याक्सिनले बृद्धबृद्धाहरुमा समेत काम गरेको अमेरिकन बायोटेक कम्पनी मोडेर्नाले घोषणा गरेको छ । भ्याक्सिनको नतिजा ७१ बर्षभन्दा माथिका व्यक्तिमा समेत उत्साहजनक रहेको मोडेर्नाले बुधबार बताएको छ ।

५६ बर्षदेखि ७० बर्षसम्मका १० जनामा र ७१ बर्षदेखि माथिका १० जनामा मोडेर्ना भ्याक्सिनको परीक्षण गरिएको थियो । सबै सहभागीहरुले २८ दिनको फरकमा एकसय माइक्रोग्राम डोजका दुई भ्याक्सिन लगाएका थिए ।

सहभागीहरुमा भ्याक्सिनले भाइरसबिरुद्धको इम्युन र टी सेल उत्पादनका लागि आवश्यक पर्ने तटस्थ एन्टीबडी उत्पादन गरेको जनाइएको छ । कोरोनासंक्रमणबाट निको भएकाहरुको तुलनामा भ्याक्सिन दिइएकाहरुमा एन्टीबडी उच्चमात्रामा उत्पादन भएको मोडेर्नाले जनाएको छ ।

भ्याक्सिन लगाउँदा कुनै दुखाई नहुने कम्पनीले जनाएको छ । कतिपयमा टाउको दुख्ने लगायतका सामान्य लक्षणहरु देखिएपनि दुईदिनमा आफै निको भएको पाइएको छ ।

मोडेर्नाले उत्पादन गरिरहेको भ्याक्सिनको तेश्रो चरणको परीक्षण भइरहेको छ । यो भ्याक्सिन विश्वमा उत्पादन भइरहेका कैयन भ्याक्सिन मध्येको एक हो । विश्वभर दुईदर्जनबढी भ्याक्सिनहरु क्लीनिकल परीक्षणका क्रममा छन् ।

कोरोना बिरुद्धका कुन भ्याक्सिन कुन अवस्थामा ? (नम्बरमा)

अमेरिकी अधिकारीहरुले भ्याक्सिन नबन्दासम्म अवस्था सामान्य नहुने बताउँदै आएका छन् । बुधबारको मोडेर्नाको घोषणाले डिसेम्बरको अन्त्यसम्म वा सन् २०२१ को सुरुसम्ममा भ्याक्सिन आउनेमा थप आशा जगाएको छ ।

खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →

मोडेर्नाले सस्तो मूल्य अन्तरगत ३२ डलरदेखि ३७ डलरसम्ममा ग्राहकलाई भ्याक्सिन बेच्ने बताइएको छ । तर सरकारको अभियान अवधिभर भ्याक्सिन निशुल्क समेत लगाउनसकिने जनाइएको छ ।

लेखक खसोखास अमेरिका ब्यूरो

Khasokhas Weekly is published Weekly and read by thousands of Nepalese and Nepalese speaking in the USA. There are more than 250,000 (unofficial data) Nepali people in the USA. According to the 2010 US Census, there are 59,490 Nepalese in the USA. The actual numbers…

यस लेखकका थप समाचार →