कोरोना बिरुद्धका कुन भ्याक्सिन कुन अवस्थामा ? (नम्बरमा)


प्रकाशित मिति : भाद्र १०, २०७७ बुधबार

१७० +

अहिले कोरोनाबिरुद्धका १७० वटा भन्दा धेरै भ्याक्सिनहरु प्रि क्लिनिकल अवस्थामा छन् । ती भ्याक्सिनहरु या त जनावरमा परीक्षण भइरहेका छन्, या त ल्याबमा परीक्षणका क्रममा रहेका छन् ।

सात प्रकारका भ्याक्सिनहरु अहिले पहिलो चरणको क्लीनिकल परीक्षणका क्रममा छन् । पहिलो चरणको परीक्षण अन्तरगत केही थोरै स्वास्थ्य व्यक्तिमा भ्याक्सिन परीक्षण गरिन्छ ।

१२

विभिन्न १२ प्रकारका भ्याक्सिनहरु अहिले दोश्रो चरणको क्लीनिकल परीक्षणका क्रममा छन् । यो चरणमा बिरामीको उच्च जोखिममा रहेका लगायतका वृहतमात्रामा भ्याक्सीनको परीक्षण गरिन्छ । पहिलो चरणको तुलनामा धेरैजनामा परीक्षण गरिने भएपनि तेश्रो चरणको तुलनामा भने कममा परीक्षण गरिन्छ ।

विभिन्न सात प्रकारका भ्याक्सिनहरु तेश्रो चरणको क्लीनिकल परीक्षणका क्रममा छन् । यो चरणमा दशौं हजारमा भ्याक्सीनको परीक्षण गरिन्छ । यो परीक्षणको अन्तिम चरण हो । यो चरणपछि भ्याक्सिनले प्रयोगका लागि आपतकालिन स्वीकृति पाउनसक्छ ।

अहिलेसम्म कुनै पनि भ्याक्सिनलाई प्रयोगका लागि स्वीकृति दिइएको छैन । यो चरणमा पुगेपछि भ्याक्सिनलाई आमरुपमा प्रयोगका लागि स्वीकृति दिइन्छ । तर त्यसका लागि भ्याक्सिन सुरक्षित र प्रभावकारी सावित हुन जरुरी छ ।

१३१९४

अहिलेसम्म अमेरिकाको मोडेर्ना कम्पनीले उत्पादन गरेको भ्याक्सिन तेश्रो क्लीनिकल परीक्षण अन्तरगत १३ हजार १ सय ९४ जनालाई दिइसकिएको छ । यो भ्याक्सिन तेश्रो चरणको क्लीनिकल परीक्षणका क्रममा तीसहजारलाई दिइनेछ ।

११०००

अमेरिकाको फाइजर कम्पनीले जर्मनीको बायोएनटेकसँग मिलेर बनाइरहेको भ्याक्सिन तेश्रो क्लीनिकल परीक्षण अन्तरगत ११ हजारलाई दिइसकिएो छ । यो भ्याक्सिन तेश्रो चरणको क्लीनिकल परीक्षणका क्रममा तीसहजारलाई दिइनेछ ।

पोलियोको भ्याक्सिन निर्माणका लागि ७ बर्षको अवधि लागेको थियो । सन् १९४८ देखि सन् १९५५ सम्मका विभिन्न परीक्षणबाट पोलियोको भ्याक्सिन निर्माण भएको थियो । विश्व स्वास्थ्य संगठनले मंगलबार अफ्रिकाबाट पोलियो उन्मुलन भएको घोषणा गरिसकेको छ ।

दादुराबिरुद्धको भ्याक्सिन निर्माण गर्न ९ बर्ष लागेको थियो । सन् १९५४ देखि सन् १९६३ मा विभिन्न खालका परीक्षणहरुपछि दादुराबिरुद्धको भ्याक्सिन निर्माण गरिएको थियो ।

३४

ठेउलाबिरुद्धको भ्याक्सिन निर्माण गर्न ३४ बर्ष लागेको थियो । सन् १९५४ मा भ्याक्सिन निर्माणको काम सुरु भएको थियो । भ्याक्सिन निर्माणको काम सन् १९८८ मा सकिएको थियो ।

१५

ह्युमन पेपिलोमा भाइरस एचपीभीबिरुद्धको खोप निर्माण गर्न १५ बर्ष लागेको थियो । सन् १९९१ मा यो खोप निर्माणको काम सुरुवात गरिएको थियो भने सन् २००६ मा सम्पन्न भएको थियो । यो असुरक्षित यौन सम्पर्कबाट सर्ने एकप्रकारको भाइरस हो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com