१८२ पटक रक्तदान गरेका अर्जुन मैनालीको बायोग्राफी ११ भाषामा प्रकाशित हुँदै


प्रकाशित मिति : श्रावण ३१, २०७७ शनिबार

१८२ पटक रक्तदान गरिसकेका न्युयोर्क निवासी प्रेरणादायी व्यक्तित्व अर्जुन मैनालीको बायोग्राफी ११ भाषामा प्रकाशित हुने भएको छ । १२० पृष्ठको उक्त पुस्तक आगामी साता सार्वजनिक हुने जनाइएको छ ।

एउटै पुस्तकमा नेपाली, मैथिली, थारु, तामाङ, नेपाल, मगर, लिम्बु, गुरुङ, शेर्पा, संस्कृत र अँग्रेजी भाषामा बायोग्राफी प्रकाशित हुने भएको छ । ब्लड डोनर्स एशोसिएशन नेपालले प्रकाशन गर्ने उक्त पुस्तकको सम्पादन मचाकाजी महर्जनले गरेका छन् ।

मैनाली पहिलोपटक सन् १९८७, अगस्त २० मा १९ बर्षको उमेरमा रक्तदान गरेका थिए । पहिलोपटक रक्तदान गरेकै मितिमा पुस्तक प्रकाशन हुन लागेको हो । त्यसयताका झण्डै ३३ बर्षमा मैनालीले १२५ पटक होल ब्लड र ५७ पटक प्लेटलेसगरी १८२ पटक रक्तदान गरिसकेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मैनालीले ६ वटै महादेशका १७ वटा देशहरुमा पुगेर रक्तदान गरेका छन् । उनले रक्तदानकै लागि सबैभन्दा लामो २२ घण्टाको न्युयोर्कदेखि सिड्नीसम्मको हवाईयात्रा गरेका थिए । अमेरिकाका विभिन्न १४ राज्यमा पुगेर उनले रक्तदान गरेका छन् ।

अर्जुन मैनालीले रक्तदानको क्षेत्रमा गरेको योगदानको कदरमा ओयस्टर बे टाउनले अर्जुन मैनाली डे आयोजना गरेर सम्मान समेत गरेको थियो । न्युयोर्कमा मैनाली विश्व रक्तदाताका रुपमा चर्चित रहेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com