कोरोना संक्रमणबाट प्रत्येक १५ सेकेन्डमा एक जनाले ज्यान गुमाउँदै


प्रकाशित मिति : श्रावण २१, २०७७ बुधबार

कोरोनाभाइरसको संक्रमणबाट विश्वमा ज्यान गुमाउनेको संख्या बुधबार ७ लाख कटेको छ । अमेरिका, ब्राजिल, भारत र मेक्सिकोमा यतिबेला धेरैले ज्यान गुमाइरहेका छन् ।

समाचार एजेन्सी रोयटर्सको पछिल्लो दुई हप्ताको तथ्यांकअनुसार कोरोनाभाइरसका कारण प्रत्येक २४ घण्टामा ५९ सय मानिसले ज्यान गुमाइरहेका छन् । जसअनुसार प्रत्यके घण्टा २४७ जना तथा प्रत्येक १५ सेकेन्डमा १ जनाले ज्यान गुमाइरहेका छन् ।

यतिबेला अमेरिका र ल्याटिन अमेरिका महामारीको नयाँ केन्द्रविन्दु बनेका छन् । ६४ करोड जनसंख्या रहेको ल्याटिन अमेरिकामा कोरोनाभाइरसको महामारी निकै ढिला गरी पुगेको थियो । तर, त्यहाँ पुगेपछि अधिकारीहरुलाई संक्रमणलाई नियन्त्रण गर्न संघर्ष गर्नु परिरहेको छ ।

उता, ३३ करोड जनसंख्या भएको विश्वकै धनी मुलुकमध्ये एक रहेको अमेरिका पनि भाइरस नियन्त्रण गर्न संघर्षरत रहेको छ । स्रोतः रोयटर्स

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com