महामारीको नियम नमान्ने न्युयोर्क सिटीका ८३ बार र रेष्टुरेण्टको लाइसेन्स खारेज


प्रकाशित मिति : श्रावण १९, २०७७ सोमबार

कोरोनाको महामारीको नियम उल्लंघन गर्ने न्युयोर्क सिटीका ८३ वटा बार र रेष्टुरेण्टहरुको मदिराको लाइसेन्स खारेज गरिएको छ । यसै सप्ताहन्तमामात्र थप १८ बार र रेष्टुरेण्टहरुको लाइसेन्स खारेज गरिएको हो ।

डिजेहरु र कामदारहरुले मास्क नलगाएको, सामाजिक दुरी कायम नगरेको, टेबलहरुमा दुरी कायम नगरेको, भींडभाड गरेको लगायतका कारण लाइसेन्स खारेज गरिएको छ । कतिपय रेष्टुरेष्टहरुभित्र ग्राहकहरु भित्रै बसेर मदिरा सेवन गरेको समेत पाइएको थियो ।

अष्टोरिया, मासपेथ, कोरोना, ज्याक्सनहाइट लगायतका स्थानमा रहेका रेष्टुरेष्टहरु समेत कारवाहीमा परेका छन् । ज्याक्सनहाइटको ७६ स्ट्रीटमा रहेको रोमान्टिकोजको पनि मदिरा लाइसेन्स खारेज गरिएको छ ।

ज्याक्सनहाइटको डेलामोरा रेष्टुरेण्ट, रुबीरोजा, लिमा, म्यानहटनको गिल अन द हिल लगायतका रेष्टुरेष्ट र बारहरुको पनि मदिरा लाइसेन्स खारेज गरिएको छ । लाइसेन्स खारेज हुनेहरुमा ल्याटिनो बार र रेष्टुरेण्टहरुको संख्या उल्लेख्य रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com