‘अष्ट्रेलियामा अहिले काम खोज्नु भनेको भित्तामा टाउको ठोक्नु जस्तो ‘


प्रकाशित मिति : श्रावण १५, २०७७ बिहीबार

अष्ट्रेलियामा अहिले कोरोना भाइरस महामारीका कारण अर्थतन्त्रमा प्रभाव परिरहेको छ। जसको प्रत्यक्ष प्रभाव रोजगारीमा परिरहेको छ।

हाल धेरैले रोजगारी गुमाइरहेको अवस्था छ भने काम गरिरहेकाहरुले समेत कम तलब पाइरहेको अवस्था छ। यसै प्रसङ्गमा नाइनन्युजले मेलबर्नमा बस्दै आएकी ३७ वर्षिया महिलाको अहिलेको अनुभव प्रकाशन गरेको छ।

ती महिलाले भनेकी छिन् , ” मैले इभेन्ट म्यानेजरको रुपमा काम गर्दै आएकी थिएँ। मैले १५ वर्ष अगाडी उक्त काम थालेकी हूँ। तर कोरोना संक्रमण फैलिएयता इभेन्टहरु बन्द भएपछि मेरो आम्दानीको स्रोत पनि हरायो। त्यसयता काम खोज्दै मैले करिब एक सय जति जागिरमा एप्लाई गरें। तर मैले काम पाउन सकिन” ।

उनले एप्लाई गरेको ठाउँमा अहिले आफू जस्तै काम गुमाएका हजारौंले एप्लाई गर्ने हुँदा काम पाउन असम्भव जस्तै भएको बताएकी छिन्। उनले भनेकी छिन् , ” यहाँ अहिले काम खोज्नु भनेको भित्तामा टाउको ठोक्नु जस्तै हो “।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पछिल्लो तथ्यांक अनुसार, गत मार्च १४ देखि जुलाई ११ सम्ममा पे रोल जबमा ५.६ प्रतिशतले गिरावट आएको छ। सबैभन्दा बढी हस्पिटालिटी क्षेत्रलाई असर परेको बताइएको छ। हस्पिटालिटी क्षेत्रमा १८.१ प्रतिशतले गिरावट आएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com