न्युयोर्कमा कोरोना संक्रमणबाट पहिलो पटक कुकुरको मृत्यु


प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार

अमेरिकामा कोरोना भाइरसको सक्रमणबाट पहिलो पटक कुकुरको मृत्यु भएको छ । अमेरिकामा कोभिड १९ बाट सबै भन्दा पहिलो जर्मन शेफर्ड ‘बडी’ नामको कुकुरको निधन भएको हो।

न्युयोर्कको स्टेटन आइल्याण्डमा ‘बडी’को निधन भएको हो । गत अप्रिलमा कोरोना संक्रमण भएपछि ‘बडी’लाई स्वासप्रश्वासमा गाह्रो भएको थियो । केही दिन अगाडि उक्त कुकुरको निधन भएको कुकुरकी मालिकले सामाजिक सञ्जालमार्फत पुष्टी गरेकी छिन् ।

‘बडी’ लाई लिम्फोमा समेत भएको जनाइएको छ । ६ बर्षीय उक्त कुकुरको कोरोना संक्रमणपछि तौल घटेको थियो भने धेरै सुस्त भएको थियो ।

अमेरिकामा अहिलेसम्म २५ भन्दा कम घरपालुवा जनावरमा कोराना संक्रमण पुष्टी भएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com