अस्पताल भर्ना नभएका एकतिहाई कोरोना संक्रमितलाई लामोसमय रोग


प्रकाशित मिति : श्रावण १०, २०७७ शनिबार

अस्पताल भर्ना नभएका एकतिहाई कोरोना संक्रमितमा लामोसमय रोग कायम रहने अमेरिकन सीडीसीले जनाएको छ । अस्पतालमा भर्ना नभएका कैयन कोरोना संक्रमितहरुले लामो समय खोकी र थकानको महसुस गर्ने सीडीसीले जनाएको छ ।

कोरोना संक्रमण भएका तर अस्पतालमा नै भर्ना हुने अवस्थामा नपुगेका कम्तीमा एक तिहाई बिरामीहरुलाई सामान्य अवस्थामा आउन तीनसातासम्म लाग्नसक्ने सीडीसीले स्पष्ट पारेको छ । जवान व्यक्तिहरुसहित कोरोनाबाट संक्रमित तर सामान्य लक्षण भएकाहरुको अवस्था लामो समय रोगजनक हुने रिपोर्टमा जनाइएको छ ।

कोरोना संक्रमण भएका कैयन बिरामीलाई सामान्य अवस्थामा आउन केहीहप्ताका साथमा महिनासमेत लाग्ने गरेको छ । मार्च १७ मा कोरोना संक्रमण पुष्टी भएका ३५ बर्षका मासाचुसेट्सका एकजना बिरामीले आफूमा ज्वरो आउने, स्वास फेर्न गाह्रो हुने, सुत्नमा समस्या हुने, मुटुको चाल बढ्ने जस्ता समस्याहरु देखिएको बताएका छन् ।

सीडीसीले निकालेको पछिल्लो रिपोर्ट २७४ जना कोभिड १९ का बिरामीसँगको फोन कुराकानीमा आधारित रहेको छ । तीमध्ये कम्तीमा ९५ जना बिरामीहरुले आफूहरु बिरामी भएको दुईदेखि तीनसातासम्म पनि सामान्य अवस्थामा नआएको बताएका छन् ।

अस्पतालमा भर्ना हुन नपरेका तर घरमै उपचार गर्दा लामो समय लागेकाहरुमा जवानहरुको संख्या उल्लेख्य रहेको छ । १८ बर्षदेखि ३४ बर्षका बिरामीहरुमाझ गरिएको सर्वेक्षणमा २० प्रतिशतले लामो समयसम्म लक्षणको सामना गरेको बताएका छन् ।

रिपोर्ट अनुशार सर्वेक्षणमा सहभागीमध्ये ७१ प्रतिशतले थकान, ६१ प्रतिशतले खोकी र अर्का ६१ प्रतिशतले टाउको दुख्ने समस्याको सामना गरेका थिए । सीडीसीले मास्कको प्रयोग, सामाजिक दुरी र बारम्बार हात धुनुलाई नै कोरोना संक्रमण कम गर्ने प्रमुख उपायका रुपमा रिपोर्टमा उल्लेख गरेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com