शुक्रबार एकैदिनमा अहिलेसम्मकै धेरैमा कोरोना संक्रमण पुष्टी, ९ हजार ७ सय ५३ को मृत्यु


प्रकाशित मिति : श्रावण १०, २०७७ शनिबार

विश्व स्वास्थ्य संगठनले विश्वभर एकैदिनमा अहिलेसम्मकै धेरैमा कोरोना संक्रमण पुष्टी भएको जनाएको छ । शुक्रबार विश्व स्वास्थ्य संगठनले विश्वभर २४ घण्टामा २ लाख ८४ हजार १ सय ९६ मा कोरोना संक्रमण पुष्टी भएको जनाएको छ ।

शुक्रबार विश्वमा कोरोना संक्रमणका कारण ९ हजार ७५३ कोरोना संक्रमितको मृत्यु भएको छ । यो संख्या अप्रिल ३० यताकै सबैभन्दा धेरै हो । अप्रिल ३० मा विश्वभर एकैदिनमा ९ हजार ७ सय ९७ जनाको मृत्यु भएको थियो ।

विश्व स्वास्थ्य संगठनले शुक्रबार अमेरिकामा सबैभन्दा धेरै ६९ हजार ६ सय ४१ मा संक्रमण पुष्टी भएको रिपोर्ट गरेको छ भने ब्राजिलमा ८७ हजार ८ सय ६० मा संक्रमण पुष्टी भएको रिपोर्ट गरेको छ । त्यस्तै भारतमा एकैदिनमा ४९ हजार ३ सय १० मा संक्रमण पुष्टी भएको छ ।

मृतकको संख्या भने शुक्रबार सबैभन्दा धेरै पेरुमा ३८ सय ७६, ब्राजिलमा १२८४, अमेरिकामा १०७४, मेक्सिकोमा ७९० र भारतमा ७४० रहेको छ । गत जुलाई १७ देखि भारत विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमण पुष्टी हुनेमा तेश्रो नम्बरमा रहेको छ ।

भारतमा कोरोना संक्रमितको संख्या १४ लाखको हाराहारीमा पुगेको छ भने दोश्रोमा रहेको ब्राजिलमा संक्रमितको संख्या २३ लाख नाघेको छ । अमेरिकामा संक्रमितको संख्या ४२ लाख नाघिसकेको छ ।

अमेरिकामा कोरोना संक्रमितको संख्यामा न्युयोर्कलाई क्यालिफोर्नियाले उछिनिसकेको छ भने फ्लोरिडामा संक्रमण पुष्टी हुनेको संख्या ४ लाख नाघिसकेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com