भर्जिनियाको अध्यागमन हिराशतमा रहेका ७५ प्रतिशतलाई कोरोना संक्रमण


प्रकाशित मिति : श्रावण ९, २०७७ शुक्रबार

अमेरिकाको भर्जिनियाको अध्यामगन हिराशतमा रहेका अधिकांश आप्रवासीलाई कोरोना संक्रमण भएको पुष्टी भएको छ । भर्जिनियाको फार्मभिलमा रहेको आइसको हिराशतमा ७५ प्रतिशतभन्दा धेरैलाई कोरोना संक्रमण पुष्टी भएको हो ।

झण्डै एकमहिना अगाडि त्यहाँ राखिएका ४९ जनामा कोरोना पोजेटिभ देखिएको थियो । अहिले उक्त संख्या २६८ पुगिसकेको छ । उक्त अध्यागमन जेलमा ३६० जनालाई राखिएको जनाइएको छ ।

अधिकांशमा कोरोना संक्रमण भएपछि उनीहरु निकै चिन्तित बनेको जनाइएको छ । एकातिर देशनिकाला हुने डर त कायम नै छ, अर्कोतर्फ उनी परिवारका बारेमा दुखित र चिन्तित रहेका छन् ।

अमेरिकाभरका अध्यागमन हिराशतमा झण्डै २२ हजार आप्रवासीलाई राखिएको छ । जुलाई १७ सम्म हिराशतमा रहेका १६ हजार बढीको परीक्षण गरिसकिएको छ । जसमध्ये ३७३६ जनामा कोरोना संक्रममण पुष्टी भएको छ ।

अमेरिकाभर कोरोना संक्रमण पुष्टी हुनेहरुको संख्या ४२ लाख नाघिसकेको छ भने मृतकको संख्या झण्डै डेढलाख नजिक छ । संक्रमितहरुको संख्यामा न्युयोर्कलाई क्यालिफोर्नियाले उछिनेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com