भींडभाड गर्न नछाडे न्युयोर्क सिटी पुन शटडाउन गर्ने गभर्नर कुमोको चेतावनी


प्रकाशित मिति : श्रावण ५, २०७७ सोमबार

न्युयोर्क सिटी चौथो चरणमा खुल्दै गर्दा सडकहरुमा अनावश्यक भींडभाड र भोजहरु बढ्न थालेपछि गभर्नर एन्ड्रयु कुमोले भींडभाड गर्न नछाडे न्युयोर्क सिटी पुन शटडाउन गर्ने चेतावनी दिएका छन् । बार र रेष्टुरेण्टहरुले ठूला ठूला भींडभाडहरु जम्मा हुन अनुमति दिन थालेपछि कुमोले बार र रेष्टुरेण्टहरु शटडाउन गर्ने चेतावनी दिएका हुन् ।

न्युयोर्कमा केहदिन यता स्ट्रीट पार्टीहरुमा भींडभाड जम्मा भइरहेका खबरहरु आएका छन् । त्यस्ता जमघटहरुमा सामाजिक दुरीको नियम पालना गरिएको छैन भने मास्कको पनि प्रयोग गरिएको छैन । मान्छेहरुले लापरवाही गर्न थालेपछि गभर्नर कुमोले शटडाउनको चेतावनी दिएका हुन् ।

क्वीन्सको अष्टोरिया र म्यानहटनका लोअर इस्ट साइडमा त्यस्ता जमघटहरु भएपछि कुमोले त्यसको बिरुद्ध बोलेका हुन् । कुमोले भनेका छन् – ‘मुर्ख नबनौं । उनीहरुले जे गरिरहेका छन्, त्यो आफ्नो र अरुका लागि पनि लापरवाहीपूर्ण रहेको छ । यस्तो लापरवाही जारी रहेको छ । र अझ खराब बन्दैछ । त्यसैले यो तुरुन्तै रोकिनुपर्छ ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अवस्थामा एकदम छिटो र नाटकीय रुपमा सुधार नआएमा बार र रेष्टुरेण्टहरु पुन बन्द गर्ने कुमोले बताएका छन् । कुमोले न्युयोर्क प्रहरी र स्थानीय निकायहरुलाई नियम कार्यान्वयन गराउन माग गरेका छन् ।

आजदेखि न्युयोर्क सिटी चौथो चरणमा खुलेको छ । न्युयोर्कमा कोरोनाको संक्रमण अहिले निकै कम रहेको छ भने आइतबार ८ सय भन्दा कम अस्पतालमा भर्ना गरिएको छ । आइतबार कोरोना संक्रमणबाट न्युयोर्क राज्यभर ११ जनाको ज्यान गएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com