कोरोना संक्रमितको संख्या १० लाख नाघ्ने तेश्रो मुलक बन्यो भारत


प्रकाशित मिति : श्रावण २, २०७७ शुक्रबार

नेपालको छिमेकी देश भारत कोरोना संक्रमितको संख्या १० लाख नाघ्ने विश्वकै तेश्रो मुलक बनेको छ । भारतमा कोरोना संक्रमण पुष्टी हुनेहरुको संख्या १० लाख ३६ हजार नाघेको छ ।

भारतमा कोरोना संक्रमणबाट अहिलेसम्म २६ हजारभन्दा धेरैको ज्यान गएको छ । भारतको कोरोनाको परीक्षणमा पनि तीब्रता ल्याएको छ । भारतमा अहिलेसम्म १ करोड ३० लाख भन्दा धेरैको कोरोना परीक्षण गरिसकिएको छ ।

विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमण पुष्टी हुने मुलुकमा अमेरिका पहिलो नम्बरमा रहेको छ । अमेरिकामा अहिलेसम्म ३७ लाख भन्दा धेरैमा कोरोना संक्रमण पुष्टी भएको छ । अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेहरुको संख्या १ लाख ४१ हजार नाघेको छ ।

त्यस्तै ब्राजिलमा २० लाख भन्दा धेरैमा कोरोना संक्रमण पुष्टी भएको छ । ब्राजिलमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७६ हजार नाघिसकेको छ ।

विश्वमा कोरोन संक्रमण सबैभन्दा धेरै पुष्टी हुने देशहरुको सुचीमा नेपाल भने ६१ औं नम्बरमा छ । नेपालमा अहिलेसम्म १७ हजार बढीमा कोरोना संक्रमण पुष्टी भएको छ भने ४० जनाको ज्यान गएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com