कोरोनाबाट ल्याटिन अमेरिकी मुलुकमा डेढ लाख बढीले ज्यान गुमाए


प्रकाशित मिति : श्रावण १, २०७७ बिहीबार

ल्याटिन अमेरिकामा कोरोना भाइरस संक्रमणको कारण ज्यान गुमाउने मानिसहरूको संख्या डेढ लाख भन्दा बढी पुगेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाइरस संक्रमणको घटना आउने महिनाहरूमा चरम सीमामा पुग्नेछ ।

ल्याटिन अमेरिकामा ब्राजिल सबै भन्दा बढी प्रभावित देश रहेको छ । जहाँ संक्रमणको केसहरु करिब २० लाख पुगिसकेको छ ।

ब्राजिलमा मर्नेहरुको संख्या ७५ हजार नाघिसकेको छ । ब्राजिल कोरोनाबाट विश्वको दास्रो सबैभन्दा धेरै प्रभावित देश हो ।ब्राजिलको साथै पेरुमा पनि संक्रमणको केसहरु ३ लाख ४० हजार नाघिसकेको छ ।

पेरुमा कोरोना भाइरस संक्रमणको नियन्त्रित गर्नका लागि नयाँ स्वास्थ्य मन्त्रीको नियुक्ति गरेको छ । मेक्सिको र चिली पनि यहाँ संक्रमण रोक्न कोशिस गर्दैछन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com