कांग्रेसमा अनुशासन: माथिल्ला नेता जोगाउने, तल्लालाई तर्साउने


प्रकाशित मिति : असार ३१, २०७७ बुधबार

नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिमा आएका १ हजार ३ सय ७५ उजुरीमध्ये धेरैजसोमा पार्टीका तल्ला तहका नेता कार्यकर्ता कारबाहीमा परेका छन् । २०७४ सालमा सम्पन्न स्थानीय तह, प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा पार्टीले तोकेका आधिकारिक उम्मेदवारविरुद्ध उठ्ने बागी उम्मेदवार, तिनका प्रस्तावक, समर्थक र आधिकारिक उम्मेदवारलाई हराउन भूमिका खेल्ने तथा पार्टी निर्णयविरुद्ध निर्वाचनमा लाग्नेलाई कांग्रेसले उजुरी खोलेर कारबाही गर्दै आएको छ ।

समिति गठन भएयता विगत १५ महिनामा ४१ पटक समितिको बैठक बसिसकेको छ भने यसबीचमा २ सय ९९ जना कारबाहीमा परेका छन् । तर, यस्ता अधिकांश उजुरीमा तल्ला तहका नेता कार्यकर्ता मात्रै कारबाहीमा परेको समितिका सदस्यहरु बताउँछन् । समितिमा आएका उजुरीमध्ये १ हजार ५२ जनालाई समितिले स्पष्टीकरण सोधेको छ । यस्तै, २ सय ९९ जनालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ । ती कारबाहीको प्रकृति हेर्दा तल्ला तहका नेता कार्यकर्ता मात्रै बढी कारबाहीमा परेका छन् । कार्यविधिअनुसार उजुरी नआएको भन्दै उपल्लो तहका नेताहरूमाथि भने कारबाही प्रक्रिया अघि बढ्न सकेको छैन ।

अनुशासन समितिका संयोजक भिष्मराज आङ्दम्बेले भने पार्टी नेतृत्वमा सहमति भएअनुसार नै समितिको कार्यविधि बनेको र सोहीअनुसार कारबाही प्रक्रिया अघि बढेको बताए । ‘सहमतिबाट नै कारबाहीको प्रक्रिया अघि बढाउने भन्ने छ । त्यहीअनुसार नेतृत्व तहमा भएका छलफल र सहमतिपछि नै कारबाही अघि बढेका छन्,’ समितिक संयोजक आङ्दम्बेले राजधानीसँग भने । अनुशासन समितिको कार्यविधि नै उजुरी पठाउँदा तहगत रूपमा कारबाही सिफारिस भएर आउनुपर्ने भएका कारण पार्टीका शीर्ष नेताविरुद्ध सिधै आएका उजुरीका विषयमा समितिले कुनै चासो देखाएको छैन ।

समितिका एक सदस्यले शीर्ष तहका नेताविरुद्ध पनि उजुरी आएको तर सहमति त्यतातर्फ केन्द्रित नभएको बताए । ‘सभापति शेरबहादुर देउवा, नेता गोविन्दराज जोशी, कैलालीका नेता पुष्कर ओझा र समितिका सदस्य नै रहेका नेता देवेन्द्रराज कँडेलविरुद्ध समेत उजुरी आएको छ तर कार्यविधिले त्यता हेर्दैन, सहमतिका कुरा पनि छन्,’ ती नेताले भने । समितिले हालसम्म गरेका कारबाही हेर्दा तल्लो तहका नेताविरुद्धका उजुरीउपर छानबिन भई कारबाही भइरहेको छ । अनुशासन समितिका सचिवसमेत रहेका कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले उजुरी पठाउँदा तहगत रूपमा नै प्रमाण र आधारसहित पठाइएका उजुरीउपर मात्रै कारबाही प्रक्रिया अघि बढेको तर शीर्ष नेताविरुद्ध समितिमा कुनै उजुरी नआएको उनको दाबी छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनले तहगत रूपमा सिफारिस भएर आएका उजुरीलाई मात्रै समितिले गतिलो आधार मान्ने तर कसैले व्यक्तिगत रूपमा नेताका विरुद्ध दिएका उजुरीलाई समितिले नहेर्ने बताए । केसीले समितिलाई प्राप्त बाँकी उजुरी छानबिनकै क्रममा रहेको समेत जनाए । सभापति देउवाविरुद्ध गोरखाका नेता राजेन्द्र बजगाईंले उजुरी दिएका थिए भने समितिमा सदस्य रहेका कँडेलविरुद्ध उनकै जिल्लामा उजुरी परेको थियो ।

कांग्रेसले ४ चैत २०७५ मा नेता भिष्मराज आङ्दम्बेको नेतृत्वमा अनुशासन समिति बनाएको थियो । समितिको पहिलो बैठकले पार्टीविरुद्ध सामाजिक सञ्जालमा लेख्ने र बोल्नेलाई कारबाही गर्ने निर्णय गर्दै कांग्रेसका नेताहरुलाई सार्वजनिक स्थलमा जथाभावी बोल्न, लेख्न र पार्टी हितविपरीत एकअर्काबीच आरोप प्रत्यारोपमा नलाग्न निर्देशन दिएको थियो । बैठकले पार्टी हितविपरीत गतिविधि लिखितरुपमा गरेमा, अभिव्यक्तिद्वारा वा सामाजिक सञ्जालमा सार्वजनिक रूपमा प्रकट गरेमा कारबाही गर्ने निर्णय गरेको थियो । आजको राजधानी दैनिकमा समाचार छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com