कोरोनाको दोस्रो लहरबाट ग्रसित मेलवर्नमा ४ नेपाली विद्यार्थीमा कोरोना संक्रमण


प्रकाशित मिति : असार २५, २०७७ बिहीबार

अस्ट्रेलियाको मेलबर्नमा ६ साताका लागि लकडाउनको घोषणा गरिएको छ ।

कोरोना भाइरसको संक्रमण बढिरहेको भन्दै मेलबर्नमा बुधबार मध्यरातिदेखि लागू हुने गरि ६ साता लकडाउन सुरु भएको छ ।

कोरोनाको दोस्रो छालबाट ग्रसित भिक्टोरिया राज्यको मेलवर्नमा ४ जना नेपाली विद्यार्थीलाई कोराना लागेको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा भिक्टोरियामा १ सय ३४ जनालाई कोरोना लागेको छ । केही दिनअघि एक जना नेपाली विद्यार्थीलाई कोरोना लागेको थियो ।

उनी छुट्टै घरमा बस्ने अन्य ५ जना नेपाली विद्यार्थीको सम्पर्कमा पुगेका थिए । ती विद्यार्थीलाई कोरोना रिपोर्ट पोजेटिभ आएपछि उनको सम्पर्कमा आएका ती ५ जनाले पनि परिक्षण गराएका थिए । उनीहरु मध्ये ३ जनालाई कोरोना लागेको पुष्टि भएको र अन्य दुई जनाको रिपोर्ट आउन बाकी रहेको जनाइएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com