राष्ट्रपतिसँग परामर्शका लागि प्रधानमन्त्री शीतल निवासमा


प्रकाशित मिति : असार २०, २०७७ शनिबार

राष्ट्रपति विद्यादेवी भण्डारीसँग परामर्शका लागि प्रधानमन्त्री केपी शर्मा ओली शीतल निवास पुग्नुभएको छ । नियमित भेटघाट र परामर्शका लागि प्रधानमन्त्री ओली साँझ ६ः०० बजे शीतल निवास जानुभएको प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ ।

सचिवालयकाअनुसार राष्ट्रपति र प्रधानमन्त्रीबीचको नियमित भेटघाट हो । भेटघाटमा समसामयिक राजनीतिक विषयमा समेत परामर्श हुने बताइएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com