बाहुनको छोरा र सार्कीको छोरीबीच धुमधामका साथ मागी विवाह


प्रकाशित मिति : असार १४, २०७७ आईतबार

अन्तरजातीय विवाह परिवार मात्रै होइन, सिंगो समाजले नै स्वीकार गरेर धुमधामका साथ गबिहे सम्पन्न गर्ने गरेका छन्। अन्तरजातीय विवाह छुवाछूतविरुद्ध नमूनाका रुपमा प्रस्तुत हुन थालेको छ।

लम्जुङ जिल्ला राइनास नगरपालिका निवासी सपना उपर्कोटी र काठमाडौं चन्द्रागिरी नगरपालिकाका विजयसिंह पराजुलीबीच मागी विवाह भएको छ। दुवै पक्षका परिवारबीच सहमतिमै काठमाडौंको एक मन्दिरमा उनीहरुको विवाह भएको हो। केटा पक्षबाट केटीको हात माग्न पुगेपछि दुवै परिवारको सहमतीमा विवाह सम्पन्न भएको भएको हो।

अन्तरजातीय विवाह गरेको निहुँमा हत्या, कुटपिट,धम्की र गाउँ निकालाका समाचारहरु हामीले सुन्दै आएका छौं। यी मागी विवाहले समाजमा सकारात्मक सन्देश दिएपनि भोलीका दिनहरुमा विवाहित जोडीहरुले जातीय रुपमा दुव्र्यवहार खेप्नुपर्छ कि पदैन हेर्नु बाँकी छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com