नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कुर्सी जलाए


प्रकाशित मिति : असार १०, २०७७ बुधबार

नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटाको कुर्सी जलाएका छन्।

बुधबार विभिन्न माग लिएर त्रिवि उपकुलपति कार्यालय पुगेका नेविसंघ कार्यकर्ताले उपकुलपतिको कुर्सी जलाएका हुन्। आफ्ना कार्यकर्ताका मागबारे वेवास्ता गरेपछि कुर्सी जलाउनुपरेको नेविसंघले बताएको छ । उपकुलपतिको कार्यकक्षबाट कुर्सी बाहिर ल्याएर त्रिवि हाताभित्रको सडकमा नेविसंघले जलाएका हुन्।

नेविसंघका ती पदाधिकारीका अनुसार त्रिविले विद्यार्थी प्रतिनिधिविनै सिनेट बैठक आयोजना गरेकोमा विरोध गरिएको थियो।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com