अर्घाखाँचीमा थप ६५ जनामा कोरोना, संक्रमितको संख्या दुईसय ३९ पुग्यो


प्रकाशित मिति : असार ७, २०७७ आईतबार

अर्घाखाँचीमा आईतबार ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आईतबार धुलीखेल अस्पतालमा गरिएको परीक्षणमा थप ४९ जना र प्रादेशिक प्रयोगशाला भैरहवामा गरीएको परीक्षणमा १६ जनामा कोरोना संक्रमणको पुष्टि भएको अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले बताए ।

संक्रमितहरु मालारानी गाउँपालिकाका ४९, सन्धिखर्क नगरपालिकाका १० र छत्रदेव गाउँपालिकाका ६ जना रहेका छन् । यो संगै अर्घाखाँचीमा संक्रमितको संख्या दुईसय ३९ पुगेको छ । जसमध्ये तीन जनाको मृत्यु भईसकेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com