कोरोना अपडेट : थप २५० जनामा संक्रमण पुष्टि,नेपालमा संक्रमित संख्या ४ हजार ६१४


प्रकाशित मिति : जेष्ठ २९, २०७७ बिहीबार

नेपालमा कोरोना भाइरसबाट थप २५० सङ्क्रमित भएका छन् । नयाँ सङ्क्रमितमा पुरुष २३० पुरुष र २० जना महिला रहेका छन् । योसँगै सङ्क्रमितहरुको  सङ्ख्या चारहजार ६१४ पुगेको छ । तीमध्ये ४ हजार २८५ पुरुष र ३२९ महिला छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो कुराको जानकारी दिनुभएको हो ।

बिहीबार सुनसरी ३, रौतहट ५७, बारा ७, धादिङ ७, सर्लाही ४, सप्तरी ९, महोत्तरी ४, झापा ३, दाङ ८, रोल्पा १४, बाँके १३, दैलेख ४८, सुर्खेत ७, प्युठान ४, रुपन्देही २९, कैलाली ७, बाजुरा १८, बझाङ २, नवलपरासी ६ र कपिलवस्तु २ जना सङ्क्रमित थपिएका छन्।

त्यसैगरी, आज थप १८७  डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा ८ महिला र १७९ पुरुष रहेका छन् । योसँगै कुल डिस्चार्ज हुनेको ८६१ सङ्ख्या पुगेको छ । पुरूष ७७४ र महिला ८७ डिस्चार्ज भएका हुन् । मृत्यु  हुनेको सङ्ख्या १५ पुगेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com