‘सङ्क्रमण देखिएपछि डराउन र लुकाउन हुँदैन’


प्रकाशित मिति : जेष्ठ २८, २०७७ बुधबार

‘कोरोना सङ्क्रमण भएपनि डराउन र लुकाउन हुन्न ।’ राजविराजस्थित साइकृष्णा कलेज एण्ड हस्पिटलको आइसोलेसन सेन्टरबाट बुधबार बिदा भएका तीन युवकले आफ्नो अनुभव सुनाए ।

सप्तरीको बलानबिहुल गाउँपालिका–४ बेल्हीका ३५ वर्षीय अमरनाथ मण्डल, डाकनेश्वरी नगरपालिका–४ पट्टी प्रवाहाका २२ वर्षीय रामकुमार मुखिया र डाकनेश्वरी नगरपालिका–८ भुतहीका ३५ वर्षीय जसोलाल रामको पिसीआर नेगेटिभ आएपछि उनीहरुलाई बुधबार बिदा गरिएको हो ।

राजविराजस्थित प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुको रिपोर्ट नेगेटिभ आएको गजेन्द्रनारायण सिंह अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दासले बताए ।मण्डल भारतको हरियाणाबाट, मुखिया मुम्बइबाट र राम दिल्लीबाट फर्किएका हुन् । तीनै जना फरक–फरक ट्रकमा भएर आएका थिए ।

कोरोना पोजिटिभ भएको जानकारीले शुरुमा निकै अत्तालिए पनि घरपरिवारका सदस्यले र आइसोलेसनमा ल्याएपछि स्वास्थ्यकर्मी, नर्सले निकै हौसला दिएको रामले बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आइसोलेसनमा ल्याएको पहिलो दिन पानी र चियानास्ता नपाए पनि त्यसपछि कुनै असुविधा नभएको उनले बताए । आत्मबल बलियो बनाउने काम भएमा कोरोनालाई सजिलै पछार्न सकिने अनुभव सुनाउँदै उनले अरुलाई पनि आवश्यक्ताभन्दा बढी नडराउन बरु सतर्क रहन आग्रह गरे ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा दास, गणपति गुप्तबहादुर कुँवर, डा रणजितकुमार झा, सिनियर स्टाफ नर्स कृष्णा यादव, सिनियर अहेव शिवनारायाण चौधरीलगायतले तीनै जनालाई टीका र खादा लगाइ फूलको गुच्छा दिएर बिदा गरे । डा. दासले कोरोनालाई आत्मबलले जित्नुपर्ने र सकारात्मक सोच राख्नुपर्ने बताए । यो समेत सप्तरीबाट सङ्क्रमण मुक्त हुने चार जना पुगेका छन् ।

बुधबार तीन युवकको बिदाइपछि छिन्नमस्ता गाउँपालिका–२ स्थित रमपुरा क्वारेन्टिनमा होल्डिङ गरी राखिएका चार जनालाई राजविराजस्थित आइसोलेसन सेन्टर ल्याइने भएको छ ।

सप्तरीमा हालसम्म ११२ सङ्क्रमित पुष्टि भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । आइसोलेसन सेन्टरमा १०३ मात्र श्यया रहेको छ । बुधबार सङ्क्रमण पुष्टि भएका छिन्नमस्ता गाउँपालिकाका ६ जनालाई हाल सोही क्वारेन्टिनमा राखिने र आइसोलेसन श्ययाको व्यवस्था भएपछि सारिने डा. झाले जानकारी दिए ।रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com