कर्णाली प्रदेशमा अहिलेसम्म ७०८ जनामा कोरोना संक्रमण पुष्टि


प्रकाशित मिति : जेष्ठ २८, २०७७ बुधबार

कर्णाली प्रदेशमा थप ३७ जना कोरोना सङ्क्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालय अन्तर्गत जनस्वास्थ्य सेवा महाशाखाले बुधबार ३७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जनाएको छ । कर्णालीमा अब कोरोना सङ्क्रमितको सङ्ख्या ७०८ पुगेको छ ।

महाशाखाका अनुसार प्रदेश अस्पताल र र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा दैलेखका २५ जना, सुर्खेतका नौ र जाजरकोटका तीन जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे छ ।

हालसम्म कर्णालीमा कोरोना सङ्क्रमणबाट निको भएर २९ जना घर फर्किसकेका छन । अहिलेसम्म कर्णालीमा कोरोना सङ्क्रमणबाट तीन जनाको मृत्यु भएको छ । सुर्खेत, दैलेख र डोल्पाका एक/एक जनाको कोरोना कारण मृत्यु भएको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com