अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाका उपमेयरलाई कोरोना संक्रमण


प्रकाशित मिति : जेष्ठ २६, २०७७ सोमबार

अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाका उपमेयर ठाकुर कुमार वि.क.लाई कोरोना संक्रमणको पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परिक्षणमा नगरउप्रमुख विकमा कोरोना संक्रमण पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालयक सूचना अधिकारी विजय बरालले जानकारी दिए ।

भारत लगाएत अन्य क्षेत्रबाट आएकाहरुको सेवामा लागिरहँदा कोरोनाको संक्रमण देखिएको हुन सक्ने विकले बताए । ‘म नगरपालिका भन्दा बाहिर गएको छैन्, भारतबाट आएका दाजुभाई तथा दिदिबहिनीहरु संक्रमित भएर उहाँहरूबाट सङ्क्रमित भएको हुनसक्छ ।’ उनले भने, ‘अहिले स्वास्थ्य सामान्य छ, निको भएर जनताको सेवामा फेरी लाग्छु, आत्मबल बलियो बनाएर बसेको छु ।´

नगरपालिकाका उपमेयरमा कोरोना पुष्टिको समाचार सार्वजनिक हुँदा जनतामा भएको डर, त्रास कम हुने भएकोले उहाँहरुको मनोबल उच्च पार्न सहयोग पुग्ने उनले बताए । यस्तै आज उनी सहित ३१ जनामा कोरोना पुष्टि भएको हो । पुष्टि हुनेमा सन्धिखर्क नगरपालिकाका २९ जना , शितगंगा नगरपालिकाका १ जना र पाणिनि गाउँपालिकाका १ जना रहेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com