नेपालमा थप २१३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ३ हजार ४४८ : स्वास्थ्य मन्त्रालय
प्रकाशित मिति : जेष्ठ २५, २०७७ आईतबार

नेपालमा कोरोना भाइरसबाट थप २१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै सङ्क्रमितहरूको कुल सङ्ख्या तीन हजार ४४८ पुगेको छ ।
थप सङ्क्रमितमा २०९ पुरूष र ४ जना महिला रहेकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभएको हो ।
आज दुई महिलासहित १०२ जना डिस्चार्ज हुनुभएको छ । योसँगै कुल डिस्चार्ज हुनेको सङ्ख्या ४६७ पुगेकाे छ। सङ्क्रमित जिल्ला ७१ पुगेकाे छ ।