बाँके र बर्दियाका ४० जनामा कोरोना सङ्क्रमण पुष्टि


प्रकाशित मिति : जेष्ठ २४, २०७७ शनिबार

बाँके र बर्दियाका ४० जनामा शनिबार कोरोना सङ्क्रमण पुष्टि भएको भेरी अस्पतालले जनाएको छ । भेरी अस्पताल नेपालगञ्जले शनिबार दिउँसो एक सूचना जारी गरेर बाँकेका १२ र बर्दियाका २८ जना गरेर ४० जनाका कोरोना सङ्क्रमण रहेको पुष्टि भएको जनाएको छ ।

अस्पतालका अनुसार नेपालगञ्ज–१ का ४१ वर्षिय एक महिला, बाँकेको खजुरा गाउँपालिकाका वडा नं–४ का छ महिला र एक पुरुष तथा वडा नं–५ का एक महिला गरेर ८ जना, बैजनाथ गाउँपालिका वडा न–२ का एक जना महिला र वडा न–६ का दुई जना महिला रहेका छन् ।

शनिबार थपिएका १२ जनासँगै बाँकेमा कुल सङ्क्रमितको सङ्ख्या २६७ पुगेको छ । ती मध्ये एकजनाको मृत्यु भैसकेको छ भने ४३ जना निको भएर घर फर्किएका छन् ।
त्यस्तै बर्दियाको बाँसगढी नगरपालिका–२ का ए जना, ६ का एक र ९ का तीन जना, बढैयाताल गाउँपालिका–६ का एक जना र ७ का दुई जना, गुलरिया नगरपालिकाका–३ का नाै जना, ६ का एक जना र १० का एक जना, मधुवन नगरपालिका–२ का दुई जना र ५ का दुई जना र राजापुर नगरपालिका–८ का दुई जना र १० का तीन जना गरेर २८ जना रहेको भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापाले बताउनुभयो ।

शनिबार दुवै जिल्लामा गरेर भेटिएका ४० जना सङ्क्रमितहरूमा तीन जना महिला र ३७ जना पुरुष रहेका छन् । सङ्क्रमितहरूमा तीन वर्षदेखि ६० वर्षसम्मका महिला पुरुषहरू रहेको अस्पतालले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com