क्वारेन्टीनमा बसेका ५८ वर्षीय पुरुषको मृत्यु,नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२


प्रकाशित मिति : जेष्ठ २४, २०७७ शनिबार

कोरोनाभाइरसबाट थप एक जनाको मृत्यु भएको छ । डोल्पाको जगदुल्ला गाउँपालिका वडा नम्बर ३ निवासी ५८ वर्षीय पुरुषको कोरोनाभाइरस संक्रमणबाट मृत्यु भएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा लक्ष्मी नारायण तिवारीले उनी दम रोगी रहेको र उनको जेठ २१ गते मृत्यु भएको बताए । उनी सोही रोगको सुर्खेतमा उपचार गराएर जेठ १९ गते डोल्पा फर्किएका थिए ।

त्यसपछि होम क्वारेन्टाइनमा रहेका उनको २१ गते मृत्यु हुन पुगेको र मृत्यु पश्चात जेठ २२ गते स्वाब संकलन गरी परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाइएकोमा कोरोनाको रिपोर्ट पोजेटिभ आएको तिवारीले बताए । योसहित नेपालमा कोरानाबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ भने कर्णाली प्रदेशमा मात्रै ३ जनाको मृत्यु भएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com