नेपालमा थप २७८ जना कोरोना सङ्क्रमित, कुल सङ्ख्या २ हजार ९१२


प्रकाशित मिति : जेष्ठ २३, २०७७ शुक्रबार

नेपालमा शुक्रबार थप २७८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ  । योसँगै पीसीआर विधिबाट गरिएको कुल परीक्षणबाट दुईहजार ९१२ सङ्ख्या पुगेकाे नियमित पत्रकार सम्मेलनमार्फत् स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो । शुक्रबार ४३ जना थप डिस्चार्ज हुनुभएको छ । डिस्चार्ज हुनेको संख्या ३३३ जना पुगेको छ ।

मोरङ २, पर्सा १, झापा ५, ताप्लेजुङ १, सप्तरी १३, बारा १२, दाङ १५, मुगु १, दैलेख १०५, , खोटाङ ३, दैलेख ८, , धनुषा ५ सङ्क्रमित भएका छन् । ६८ जिल्लामा सङ्क्रमण भएको छ ।

हालसम्म पीसीआर विधिबाट ८८ हजार ३६६ जनाको परीक्षण भएको छ भने आरडीटी विधिबाट १ लाख ३२ हजार ९६६ जनाको परीक्षण भएको छ । क्वारेन्टाइनमा १ लाख ६६ हजार ७६५ जना क्वारेन्टाइनमा रहेका छन् भने आइसोलेशनमा २ हजार ५६८ जना रहेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com