दैलेखमा निषेधाज्ञा जारी


प्रकाशित मिति : जेष्ठ २३, २०७७ शुक्रबार

जिल्ला प्रशासन कार्यालय दैलेखले निषेधाज्ञा जारी गरेको छ । २३ जेठ साझ ६ बजेदेखि लागू हुने गरी अर्को आदेश नभए सम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।

दैलेख जिल्लामा हालसमम २ सय १८ जनामा कोरोना संक्रमण देखिएको र एक जनाको मृत्यु भएको छ । कोरोना भाइरसको सम्भावित उच्च संक्रमण जोखिमको अवस्था मध्यनजर गर्दै निषेधाज्ञा जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीलेले बताउनु भयो ।

कोरोना भाइरस संक्रमण रोकथाम तथा न्यूनीकरण र फैलिन नदिनका लागि औषधि, स्वास्थ्य सेवा बाहेक अरु कुनै पनि व्यक्ति घरबाट बाहिर ननिस्किन निषेधाज्ञा जारी पत्रमा उल्लेख गरिएको छ ।

अनुमति प्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने बाहेक सवै प्रकारका सार्वजनिक वा निजी यात्रुवाहक सवारी साधन सञ्चालनमा पूर्ण रुपमा रोक लगाइएको छ । जिल्लाभित्रका औषधि पसल बाहेक अन्य पसल पूर्णरुपमा बन्द गर्न जारी निषेधाज्ञा पत्रमा उल्लेख छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उक्त आदेशको उल्लघंन गर्ने जोकोही व्यक्तिलाई प्रचलित कानून संक्रमण रोग ऐन २०२० को दफा २ (२) र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) बमोजिम कारवाही गरिनेसमेत चेतावनी प्रशासनले दिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com