पाँच मर्यादापालकमा कोरोना सङ्क्रमण पुष्टि,बैठक स्थगित


प्रकाशित मिति : जेष्ठ २२, २०७७ बिहीबार

प्रदेश नं. २ को प्रदेशसभा सचिवालयमा कार्यरत पाँच जना व्यक्तिमा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएपछि बिहीबार दिउँसो ३ बजेका लागि आव्हान गरिएको प्रदेशसभाको बैठक स्थगित गरिएको छ ।

सङ्घीय राजधानी काठमाण्डौँको राष्ट्रिय प्रयोगशाला टेकुको रिपोर्टमा प्रदेश २ को प्रदेशसभा सचिवालयमा कार्यरत कर्मचारीहरूको सङ्कलन गरिएको स्वाबमध्ये पाँच जनामा कोरोना पोजिटिभ रिपोर्ट आएपछि आजको बैठक स्थगित गरिएको हो ।

कोरोना पोजिटिभ देखिएका पाँच जना पुरुष २० वर्षदेखि ३० वर्ष उमेर समूहसम्मको रहेको प्रदेश २ को सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले बताउनुभयो । सङ्क्रमितहरू प्रदेशसभा सचिवालयमा कार्यरत मर्यादापालक रहेको प्रदेशसभा सचिवालयका निमित्त सचिव रञ्जित यादवले जानकारी दिनुभयो ।

उहाँले प्रदेशसभामा कार्यरत रहेकाहरूमा कोरोनाको सङ्क्रमण पुष्टि भएपछि उनीहरूलाई आइसोलेसनमा उपचारका लागि पठाइएको र प्रदेशसभालाई स्यानिटाइज गर्ने काम भइरहेको बताउनुभयो । उहाँले आजको बैठक स्थगित भए पनि शुक्रबार भने दिउँसो १ बजेको लागि बैठक बोलाइएका जानकारी दिनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com