नेपालमा थप ३३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नेपालमा सङ्क्रमित सङ्ख्या २ हजार ६३४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा सो मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो । सङ्क्रमित हुनेमा पुरुष दुईहजार ४५०, र महिला १८४ रहेका छन् ।
यस्तै कोरोनाभाइरस सङ्क्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ । पाल्पाको पूर्वखोला गाउँपालिकाका ४५ वर्षीय पुरुषको मृत्यु जेठ २० गते भएको र स्वाब परीक्षण रिपोर्टमा पोजिटिभ आएको प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयाे ।
यस्तै थप १२ जना संक्रमित निको भएर घर फर्किएका छन् । यससँगै नेपालमा कोरोना जितेर घर फर्किनेको संख्या २९० पुगेको छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।