गण्डकी प्रदेशमा थपिए १६ कोरोना संक्रमित


प्रकाशित मिति : जेष्ठ २१, २०७७ बुधबार

गण्डकी प्रदेशका चार जिल्लामा १६ जना कोरोनासंक्रमित पुष्टी भएका छन् । बिहीबार पुष्टी भएका १६ जनासँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ५४ पुगेको छ । गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराको प्रयोगशालामा गरिएको परीक्षणमा बागलुङका १०, पर्वतका चार, म्याग्दीका एक र स्याङ्जाका एक जना नयाँ कोरोना संक्रमित पुष्टी भएका थिए ।

बागलुङको निसीखोला गाउँपालिकाका ३३ वर्षीय महिला, २२ र २९ वर्षीय पुरुष, बडिगाड गाउँपालिकाका १२, २०, २१ र २५ वर्षीय पुरुष, गलकोट नगरपालिकाका २०, २२, २३ वर्षीय पुरुषमा संक्रमण देखिएको छ । योसँगै बागलुङमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १८ पुगेको र दूई जना निको भएर घर फर्कीएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यस्तै पर्वतको बिहादी गाउँपालिकाका २४ र २८ वर्षीय पुरुष, फलेवास नगरपालिकाका २१, २१ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ । योसँगै पर्वतमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका १८ वर्षीय पुरुष र म्याग्दीको मंगला गाउँपालिकाका १९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । नयाँ पुष्टी भएकासँगै स्याङ्जामा कोरोना संक्रमितको संख्या १३ र म्याग्दीमा दुई पुगेको छ ।

गण्डकी प्रदेशमा भारतबाट फर्कनेको संख्या बढ्दै गएपछि परीक्षणको दायरा समेत बढाउन थालिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बिहीबारसम्म तीन हजार ९६६ जनाको स्वाब नमूना संकलन गरिएकोमा तीन हजार ३६८ जनामा कोरोना संक्रमण नदेखिएको र ५४१ जनाको रिपोर्ट आउँन बाँकी रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com