नेपालमा थप २२६ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या १७९८


प्रकाशित मिति : जेष्ठ १९, २०७७ सोमबार

सोमबार नेपालमा थप २ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सोमबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका छन् । संक्रमितमा २१३ जना पुरुष र १३ जना महिला रहेका छन् ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १७९८ पुगेको छ । नेपालका अहिलेसम्म ५९ जिल्लामा  कोरोना संक्रमण फैलिएको  प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।

देवकोटाका अनुसार नयाँ संक्रमित सर्लाही, मोरङ, धनुषा, सिरहा, महोत्तरी, मकवानपुर, कपिलवस्तु, नवलपरासी, दैलेख, जुम्ला, पाल्पा, कैलाली, बाँके, डोटी, अछाम, कञ्चनपुर लगायतका जिल्लाका छन्।

जनस्वास्थ्य प्रयोगशाला टेकु, कोशी अस्पताल, विराटनगर, सेती प्रादेशिक अस्पताल, धनगढी, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको हो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हाल देशभर क्वारेन्टाइनमा रहनेको संख्या एक लाख ३३ हजार नौ सय ७५ छ। देशभरबाट हालसम्म दुई सय २२ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन्। हाल देशभर गरेर चारसय ७३ जना सम्भावित संक्रमणको ‘रेडजोन’ मा छन्।

सर्लाहीका ३८ सहित प्रदेश २ मा सोमबार एकै दिन ८२ जनामा संक्रमण पुष्टि भएको छ। सर्लाहीका ३८, रौटहटका १८, सप्तरीका १२, सिरहाका ५ र महोत्तरीका २ जनामा संक्रमण पुष्टि भएको छ।

हालसम्म पिसिआर विधिबाट गरिएको परीक्षणको संख्या ७१ हजार नौ सय तीन पुगेको छ। त्यसैगरी आरडिटी बिधिबाट गरिएको परीक्षणको संख्या एक लाख १३ हजार सात सय ५७ पुगेको छ। गएको २४ घन्टामा पिसिआर विधिबाट गरिएको परीक्षणको संख्या दुई हजार तीनसय १० छ भने आरडिटी विधिबाट दुई हजार ६ सय ४८ छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com