नेपालमा थप १६६ जनामा कोरोना पुष्टि, संक्रमित सङ्ख्या १५६७


प्रकाशित मिति : जेष्ठ १८, २०७७ आईतबार

देशभर १६६ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको  संख्या १५६७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो ।

आइतबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले  संक्रमितममध्ये १६२ जना पुरुष र ४ जना महिला रहेको बताउनुभायो ।

संक्रमित हुनेमा सप्तरी १२, कैलाली ३, बाजुरा ३, झापा ४, मोरङ १, धनुषा २१, कपिलबस्तु ४, रौतहट २९, सर्लाही १० रहेका छन् ।
त्यसैगरी, तनहुँ १, स्याङ्जा २, पर्सा ५, कालिकोट १८, दैलख १८, सल्यान २५ रहेका छन् ।

उहाँका अनुसार, क्वारेन्टीनमा एक लाख १९ हजार १९२ रहेका छन् भने आइसोलेसनमा एकहजार ३४९  छन् ।निको भएर  २२० जना  डिस्चार्ज भएका छन् । । डिस्चार्ज हुनेमा १७२ पुरुष र ४८ महिला रहेका छन् । यस्तै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com