झापाको कचनकवल क्वारेन्टीमा रहेका २५ प्रतिशतमा कोरोना संक्रमण पुष्टि


प्रकाशित मिति : जेष्ठ १६, २०७७ शुक्रबार

झापाको कचनकवल गाँउपालिकामा मात्र कोरोना सङ्क्रमितको सङ्ख्या एक सय पुगेको छ । यो प्रदेशमा नै एउटै स्थानीय तहमा सबैभन्दा बढी कोरोना देखिएको गाँउपालिका हो । कोरोना पोजेटिभ देखिएका सबै भारतबाट फर्केका र क्वारेन्टाइनमा रहेकाहरू हुन् ।

कचनकवल पालिकाको पथरिया मावि, लक्ष्मीप्रसाद देवकोटा मावि, जानकी आधारभूत विद्यालय, महेन्द्र रत्न मावि, बुद्ध आधारभूत विद्यालय र केचना माविमा क्वारेन्टिन भएका छन् । यहाँ ४ सयभन्दा बढिलाई राखिएको छ । क्वारेन्टाइनमा रहेका २५ प्रतिशतभन्दा बढिलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ, यहाँका एक स्वास्थ्यकर्मीले भन्नुभयो ।

शुक्रबार अपरान्ह थप २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसंगै यहाँ कोरोना सङ्क्रमण हुनेको सङ्ख्याको एक सय पुगेपछि क्वारेन्टाइनको बसो बासप्रति पनि आवाज उठ्न थालेको छ । क्वारेन्टाइन अव्यवस्थित हुँदा र स्वाब परीक्षण पर्याप्त नभएका कारण क्वारेन्टाइनमा नै महामारीको रुपमा लिएको जनप्रतिनिधिहरूले बताएकाछन् ।

यसै क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्य बसन्त बाँनियाले प्रदेश सभामा नै यहाँका क्वारेन्टाइन अब्यवस्थित हुँदा ठुलो महामारी हुने अवस्था आएको र यहाँ स्वास्थ्यकर्मी समेत अभाव रहेको आवाज विहिबार उठाउनु भएको थियो । त्यस लगत्तै प्रदेश सरकारले क्वारेन्टाइन ब्यवस्थित गर्न १५ लाख रुपिया उपलब्ध गराउने निर्णय गरेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

क्वारेन्टाइनको अवस्था नै महामारी फैलने रहेको छ र यहाँ अहिले पनि क्वारेन्टाइनमा रहेका एक सयभन्दा बढिको स्वाब परीक्षण भएको छैन, प्रदेश सभा सदस्य बाँनियाले भन्नुभयो । भारतको दिल्लि, मुम्बइ लगायतका ठाँउहरूबाट घर फर्केकाहरूलाई गाँउपालिकाले क्वारेन्टाइनमा राखेको थियो ।
कचनकवल गाँउपालिकामा क्वारेन्टाइनभन्दा बाहिर समुदायमा भने कोरोना सङ्क्रमित भेटिएका छैनन् । गाँउपालिका अध्यक्ष अन्जार आलमका अनुसार आफुहरूले भारतबाट आउनेलाई समुदायमा घुलमिल हुनुभन्दा अघि नै क्वारेन्टाइनमा राख्दा क्वारेन्टाइनभन्दा बाहिर कोरोना फैलन पाएको छैन ।

जिल्ला स्तरीय कोरोना रोकथाम तथा समन्वय समितिका संयोजक समेत रहनु भएका जिल्ला समन्वय समिति झापाका संयोजक सोमनाथ पोर्तेलका अनुसार क्वारेन्टाइनलाई ब्यवस्थित गर्नका लागि र भित्र सामाजिक दुरी पालना गर्ने अवस्था सिर्जना गर्नका लागि प्रयास भईरहेको छ । पछिल्लो विवरण अनुसार झापामा कोरोना सङ्क्रमितको सङ्ख्या १०७ पुगेको छ । गोरखापत्र

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com