नेपालमा कोरोनाबाट ६ को मृत्यु ,तर ५ जनाको मृत्युपछि कोरोना पुष्टि


प्रकाशित मिति : जेष्ठ १५, २०७७ बिहीबार

नेपालमा कोरोनाभाइरसबाट ज्यान गुमाउनेको संख्या ६ पुगेको छ। भारतको गुजरातबाट नेपाल फर्कँदै गर्दा कपिलवस्तुको सीमा नजिकै बाटोमै मृत्यु भएका अर्घाखाँचीको भुमिकास्थान नगरपालिका–९ का एक युवामा कोरोना भाइरसको पुष्टि भएको हो। भुमिकास्थान–९ का वडाध्यक्ष नारायणप्रसाद खनालले, ती युवामा आज कोरोना संक्रमण पुष्टि भएको जिल्ला अस्पतालका डाक्टर कपिल गौतमले खबर गरेको बताउनुभयो ।

ती युवकको स्वाब प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा परीक्षण गरिएको थियो। आज कोरोना संक्रमण पुष्टि भएका युवाको शव भने अन्त्येष्टि गरिसकेको छ। ‘हामीले परिवारसँग सल्लाह गरेर सुरक्षाका मापदण्ड अपनाएर उनको शव चार दिनअघि नै गाडिसकेका थियौं, रिपोर्ट आज आएको हो,’ वडाध्यक्ष नारायणप्रसाद खनाल भन्नुभयो । अहिलेसम्म नेपालमा कोरोनाभाइरसबाट ज्यान गुमाउनेमध्ये पाँच जनाको मृत्युपछिमात्र कोरोना संक्रमण पुष्टि भएको हो।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com