भारतबाट आउँदा बाटोमै ज्यान गुमाएका अर्घाखाँचीका युवामा कोरोना पोजेटिभ


प्रकाशित मिति : जेष्ठ १५, २०७७ बिहीबार

भारतको गुजरातबाट नेपाल फर्कँदै गर्दा बाटैमा मृत्यु भएका अर्घाखाँचीका एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । जेठ १० गते भारतबाट फर्किने क्रममा भूमिकास्थान नगरपालिका वडा नम्बर–९ चरेपानीका ती युवकको भारतकै डुम्रीयागंज भन्ने स्थानमा जेठ १० गते राति बसमै मृत्यु भएको थियो ।

त्यसपछि उनको कपिलवस्तु ल्याएर पोस्टमाटम गरिएको थियो । त्यहीँबाट स्वाब निकालेर कोरोना परीक्षणका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा पठाइएकोमा रिपोर्ट पोजेटिभ आएको हो । प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनमा कोरोना पोजेटिभ रहेको पुष्टि भएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका सूचना अधिकारी विजय विकले जानकारी दिए ।

ती युवासँगै आएका अरु ३ जना अर्घाखाद्वीमा भूमिकास्थानको क्वारेन्टाइन बसेका छन्। उनीहरुको पनि पीसीआर परीक्षण गरिने अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले बताए । कपिलवस्तुमा पोस्टमाटम पछि शव अर्घाखाँची लगेर अन्तिम संस्कार गरिएको बताइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com