नेपालमा एक हजार ४२ जनामा कोरोना पुष्टि, संक्रमणबाट ५ काे मृत्यु


प्रकाशित मिति : जेष्ठ १५, २०७७ बिहीबार

नेपालमा बुधबार एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी संख्यामा कोरोना भाइरस संक्रमित पुष्टि भएको छ । कर्णाली प्रदेशको सुर्खेतका थप १५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएसँगै बुधबार एकैदिन १२९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

बिहीबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप भएका संक्रमितमा सप्तरीका १४, झापाका २५, नवलपुरका एक, धनुषाका २९, महोत्तरीका १७, रौतहटका २०, सर्लाहीका सात, सिराहाका ६, दोलखाका दुई, सोलुखुम्बुका दुई, बझाङका एक, स्याङ्जाका तीन, दार्चुलाका एक, कैलालीका दुई, मकवानपुरका एक, बर्दियाका तीन र बाँकेका एक, सुर्खेतका १३ र दैलेखका आठजना रहेको देवकोटाले जानकारी दिए । याेसँगै संक्रमित हुने जिल्लाकाे संख्या ५१ पुगेकाे छ ।

देवकोटाका अनुसार हालसम्म प्रदेश १ मा एक सय २९, प्रदेश २ मा चार सय १५, बागमती प्रदेशमा ४४, गण्डकी प्रदेशमा १७, प्रदेश ५ मा तीन सय ६९, कर्णाली प्रदेशमा ४७ र सुदूरपश्चिम प्रदेशमा २१ जना संक्रमित भएको बताए । त्यसैगरी एक सय ८७ जना भने निकाे भएर घर फर्केकाे मन्त्रालयले जनाएकाे छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com