नेपाल-भारत सीमानाका जटहीमा अलपत्र एक जनाको मृत्युु भएको छ ।धनुषाको शहिदनगर नगरपालिकाका वडा नम्बर ९ स्थित गोठकोयलपुरका ३० वर्षीय युवकको मृत्यु भएको हो ।
भारतमा रोजगारी गुमेपछि जटही नाकामा आएका उनको खान समेत नपाएर कष्टकर जीवन जिउन पर्दा मृत्यु भएको दावीसहित नाकामा अलपत्र रहेका अन्य नेपालीहरुले प्रदर्शन गरेका छन् ।
घटनापछि नेपाल प्रवेश गरी उनीहरुले ज १ त १२१३ नम्बरको एम्बुलेन्समा समेत तोडफोड गरेका छन् । जटही नाकामा रहेको समय नेपाल सरकारले खानाको व्यवस्था नगरेको र खाना नपाएर एकजनाको मृृत्यु भएको उनीहरुको दावी छ । मृतकले अहमदावादमा होटलमा कुकको रुपमा काम गर्दै आएका थिए ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।