नेपालमा थप ९० जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या ७ सय ७२


प्रकाशित मिति : जेष्ठ १३, २०७७ मंगलबार

नेपालमा थप ९० जनामा कोरोना भाइरस (कोभिड- १९) संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या सात सय ७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले मंगलबार दिउँसो आयोजित नियमित पत्रकार सम्मेलनमा पछिल्लोपटक थपिएका संक्रमितको संख्या ९० रहेको जनाएका हुन्। मंगलबारै सुर्खेतमा १२ जनामा संक्रमण पुष्टि भएको थियो। सुर्खेतका १२ सँगै मंगलबार संक्रमण पुष्टि हुनेको संख्या ९० रहेको छ।

देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा आज (मंगलबार) एकै दिन ९० जनाको संक्रमण पुष्टि भएको हो। जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ३५ जनामा कोरोना पुष्टि भएको देवकोटाले बताए।

नयाँ थपिएका संक्रमित सिराहा, बारा, धनुषा, रौतहट, रुपन्देही, अर्घाखाँची, गुल्मी, स्याङ्जालगायतका जिल्लाका छन्। ‘अहिलेसम्म कोरोना संक्रमित भेटिएका जिल्लाको संख्या ४६ पुगेको छ,’ देवकोटाले भने,हाल देशभर ५५ हजार दुई सय ८२ जना क्वारेन्टाइनमा छन्। त्यसैगरी आइसोलेसनमा पाँच सय २२ जना रहेका देवकोटाले जानकारी दिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पछिल्लो विवरणअनुसार ४३ जना नारायणी अस्पतालबाट डिस्चार्ज भएका छन्। कोरोना संक्रमण निको भएर उनीहरू डिस्चार्ज भएका हुन्। अहिलेसम्म देशभरबाट एक सय ५५ जना डिस्चार्ज भइसकेका देवकोटाले जानकारी दिए। डा. देवकोटाका अनुसार हाल कोरोना संक्रमणको रेडजोनमा रहेका नागरिकको संख्या चार सय ५५ छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com