धुर्काेट गाँउपालिका अध्यक्ष पोखरेलबाट आफूलाई कोरोना संक्रमण भएको जानकारी


प्रकाशित मिति : जेष्ठ १३, २०७७ मंगलबार

धुर्काेट गाँउपालिका गुल्मीका अध्यक्ष भुपाल पोखरेललाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । धुर्काेट गाउँपालिका अध्यक्ष पोखरेलले प्रेस विज्ञप्ति जारी गर्दै आफूलाई कोरोनाको सङ्क्रमण भएको जानकारी गराउनुभएको छ ।

धुर्काेट गाउँपालिकाको छिमेकी गाउँमा समेत कोरोना सङ्क्रमण देखिएपछि धुर्काेट गाउँपालिकाको जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, चालकको कोरोना चेकजाँच गर्दा आफ्नो कोरोना पोजेटिभ देखिएको र आफू सो समयमा गाउँपालिकाभन्दा बाहिर सदरमुकाम मात्रै गएको र आफ्नो गाउँपालिका निक्कै जोखिम रहेको विज्ञप्तिमा उल्लेख छ ।

सङ्क्रमण समयमै पहिचान भएकाले अवसरको रुपमा लिएको उहाँले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ । उहाँले आफू एकान्तवासमा बसेकाे र आफ्नो सम्पर्कमा रहनु भएकाहरूको कन्ट्याक्ट ट्रेसिङ गर्ने भएकाले क्वारेन्टाइनमा बस्न सबैलाई अनुरोध गर्नुभयो ।

उहाँसँगै धुर्काेट गाउँपालिका वडा नं ४ का अर्का सङ्क्रमित भारतबाट आएर पाञ्चायन माविको क्वारेन्टाइनमा रहेको र उहाँ दीर्घरोगीसमेत रहेको जानकारी विज्ञप्तिमा उल्लेख गरिएको छ । धुर्काेट गाउँपालिकामा कोरोनाको उच्च जोखिम रहेकाले गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्रको सेवा अर्काे सूचना नआएसम्मको लागि रोकिएको जानकारी दिनुभयो । उहाँले गाउँपालिकाको वरबाेट क्षेत्रदेखि वडा नं ४ भुवानसम्मको क्षेत्र सिल गरिएको विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com