कोरोनाको इपीसेन्टर बन्दै कर्णाली


प्रकाशित मिति : जेष्ठ १२, २०७७ सोमबार

कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या निरन्तर बढदै गएको छ । पहिलो कोरोना संक्रमित देखिएको नवौं दिनमा आइपुग्दा कोरोना संक्रमित पुष्टि हुनेको संख्या २३ जना पुगेको हो । यो सँगै कर्णाली प्रदेश भारतबाट आउने नागरिकहरुका कारण कोरोनाको इपीसेन्टर बन्ने निश्चित भएको छ । यसअघि दैलेखमा नै १ जना र सुर्खेतमा ३ जना संक्रमित भेटिएका थिए।

कर्णाली प्रदेशमा जेठ ९ गतेसम्म १ जना मात्र संक्रमित रहेका थिए। दैलेखका उनी नै कर्णालीका पहिलो संक्रमित भएको पुष्टि भयो। उनी भारतबाट आएका थिए। सोमबार फेला परेका नयाँ संक्रमित ७ जना पनि भारतबाट दैलेख आएका व्यक्तिहुन्।

नयाँ पुष्टि भएका आइतबार बंबई, सुव्बाकुना र घण्टाघरमा रहेको क्वारेन्टाइनमा बसेकाहरूबाट लिइएको रिपोर्ट पोजेटिभ आएको प्रदेश अस्पताल सुर्खेतका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर डम्बर खड्काले जानकारी दिनु भयो । मंगलबार बिहान रिपोर्ट पोजेटिभ आएका १२ जनामध्ये १० जना वीरेन्द्रनगर नगरपालिकाका र २ जना सिम्ता गाउँपालिकाका रहेको उनले बताए । यो सँगै सुर्खेतमा कोरोना संक्रमित हुनेको संख्या १५ पुगेको छ भने दैलेखमा ८ गरी २३ पुगेको हो ।

कर्णालीमा मात्र सात हजार भित्रिए
कर्णाली प्रदेशका सल्यानदेखि रुकुम पश्चिमसम्म १० जिल्लामा मात्र करिब ७ हजार मानिस लकडाउनपछि भित्रिएको र विभिन्न जिल्लाका स्थानीय तहका क्वारेनटाइनमा राखिएको कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले बताउनुभयो । दैलेखमा जिल्लामा मात्र अहिलेसम्म चार हजारभन्दा बढी भारतलगायत अन्य मुलुकबाट दैलेख भित्रिएको मन्त्री रावलको भनाइ छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com