कोरोनाबाट मृत्यु भएका बाराका वृद्धको सम्पर्कमा आएका ६ जनामा संक्रमण पुष्टि,नेशनल अस्पताल सिल गर्ने तयारी


प्रकाशित मिति : जेष्ठ १२, २०७७ सोमबार

कोरोना संक्रमणबाट गत जेठ ४ गते मृत्यु भएका बाराको कलैया ७ का ७० वर्षीय वृद्धको सम्पर्कमा आएका ६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले मृतकको सम्पर्कमा आएकाहरुको स्वाब संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको सोमबारको नियमित पत्रकार सम्मेलनमा जानकारी दिए ।

मन्त्रालयका अनुसार नेशनल मेडिकल कलेजमा ती वृद्धको मृत्यु भएको थियो । स्वासप्रश्वासमा समस्या देखिएपछि जेठ २ गते अस्पताल भर्ना गरिएका उनको आइसियुमा उपचारकै क्रममा ३ गते स्वाव संकलन गरिएको थियो ।

स्वाब नारायणी अस्पतालमा परीक्षण गर्दा शंकास्पद देखिएको थियो । यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको पुनः परीक्षणमा पोजेटिभ देखिएपछि उनको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस्तै मृतक वृद्धको सम्पर्कमा आएकाहरुको जेठ ५ गते स्वाव संकलन गरी परीक्षण गरिएकोमा ६ जनामा संक्रमण पोजेटिभ देखिएको देवकोटाको भनाइ छ । यसैबीच वीरगन्जस्थित नेशनल मेडिकल कलेजको आईसीयु र इमरजेन्सी कक्ष सिल गरिएको छ । अस्पताल सिल गरिएपछि त्यहाँ कार्यरत ५० डाक्टर तथा कर्मचारीलाई क्वारेन्टाइनमा पठाइएको छ ।

मृत्य भएर दाहसंस्कारसमेत गरिसकिएका  ७० वर्षीय वृद्धमा कोरोना पोजिटिभ पाइएलगत्तै जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसी नेशनल अस्पताल सिल गर्ने तयारी गरेको छ ।।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com