नेपालमा कोरोना जितेर १ सय ५ घर फर्किए


प्रकाशित मिति : जेष्ठ ११, २०७७ आईतबार

वीरगञ्जस्थित नारायणी अस्तपालतमा कोरोना भाइरसको संक्रमणपछि उपचाररत १८ जना निको भएर डिस्चार्ज भएका छन्। उनीहरु १८ जना नै एकै परिवारका हुन्। यी मध्ये ७ जना महिला छन् भने ११ जना पुरुष रहेको नारायणी उपक्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायले जानकारी दिनुभयो ।

उनीहरू सबै एकै परिवारका हुन्। उनीहरूको घर वीरगञ्जकै छपकैयामा छ। उनीहरूलाई अस्पतालकै व्यवस्थापनमा घर पुर्‍याइएको छको डा. उपाध्यायले जानकारी दिनुभयो । उहाका अनुसार दुई पटकको पिसिआर परीक्षणमा नेगेटिभ आएपछि उनीहरूलाई डिस्चार्ज गरिएको हो।

देशभरिमा आइतबार २४ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ सय ८ पुगेको छ।

आइतबार साँझ मात्र बाँकेका ४ र बर्दियाका एक गरी ५ जना संक्रमित थपिएका हुन्। यो विवरण भने स्वास्थ्य मन्त्रालयले औपचारिक जानकारी गराएको छैन।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसबाहेक आइतबार थपिएका संक्रमितहरूमा रुपन्देहीका ६ जना, पर्साका ३ जना, कपिलवस्तुका ३ जना, काठमाडौं, झापा, बारा, रौतहट, सर्लाही, नुवाकोट र गुल्मीका एक(एक जना छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com