KHASOKHAS ON GOOGLE NEWS CoronaVirus Fact Checking CoronaVirus News Update CoronaVirus: Stories of Hope CoronaVirus Resource Center File UI or PUA Claim Donate to Khasokhas

नेपालमा आज मात्र ६८ जनामा कोरोना पुष्टि,संक्रमितको संख्या ५ सय ८४

शनिबार थप ६८ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ५८४ पुगेको छ । शनिबार अपरान्हको पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले ३६ जना कोरोना संक्रमित थपिएको बताए । यस्तै पत्रकार सम्मेलनअघि बिहान मन्त्रालयले विज्ञप्तिमार्फत ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको थियो ।

पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार सेती अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बैतडीको शिवनाथ गाउँपालिकाका ४ जना रहेका छन् । उनीहरुमध्ये २० वर्षका दुई जना, २२ वर्षका र २७ वर्षका १-१ जना रहेका छन् ।

यसैगरी कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा झापाका डिल्लीराज मावि क्वारेन्टाइनमा रहेका ३३ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको नमुना परीक्षणमा नरैनापुर मदरसाका ६ जना रहेका छन् । उनीहरु १७ देखि ३२ वर्ष उमेरसम्मका पुरुष रहेका छन् ।

त्यसैगरी नरैनापुर ३ को क्वारेन्टाइनमा बस्दै आएका १५ जनामा पनि कोरोना पोजेटिभ पुष्टि भएको देवकोटाले जानकारी दिए । उनीहरु १६ देखि ३२ वर्ष उमेरका पुरुष हुन् । नरैनापुर १ को क्वारेन्टाइनमा बसेका ६ जनामा पनि कोरोना पोजेटिभ पुष्टि भएको देवकोटाले बताए । ती संक्रमित २२ देखि ५० वर्ष उमेर समुहका पुरुष रहेका छन् ।

त्यसैगरी बर्दियाका १९ वर्षीय पुरुष तथा सुर्खेतका ३ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको देवकोटाले बताए । शनिबार बिहान थप ३२ जना संक्रमित भने कपिलवस्तु, सर्लाही, बारा, काठमाडौं, रुपन्देही र चितवनका रहेका छन् ।

मन्त्रालयका अनुसार कपिलवस्तुको वाणगंगा नगरपालिकामा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा १७, १९, २२, २९, ३५, ४० र ४२ वर्षीय पुरुष रहेका छन् भने २७ वर्षीया महिला रहेकी छन् । यसैगरी सर्लाहीको गडैतामा थप १३ जना पुष्टि भएको छ । जसमा १८, २०, २०, २०, २१, २२, २३, २८, २६, २८, ३३, ३५ र ३५ वर्षका पुरुष रहेका छन् ।

Loading...

यसैगरी बाराको करैयामाईमा ३७ वर्षीय महिला तथा काठमाडौंमा ३५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो।

यसैगरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा रुपन्देहीको गैडहवा र रोहिणी गाउँपालिकामा ८ जनामा कोरोना पुष्टि भएके छ । जसमा २०, २०, २४, २४, २४, २७, ३०, ३० र ५५ वर्षीय पुरुष रहेका छन् । यस्तै भरतपुर प्रयोगशालामा गरिएकोे परीक्षण्मा पनि चितवनको भरतपुर ६ का ५२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म कोरोना संक्रमण पुष्टि भएका ७० जना निको भएका छन् भने ३ जनाको मृत्यु समेत भएको छ ।


भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

Namaste Media Inc. New York, USA

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Europe Editor: Hari Krishna Panthi
Online Editors: Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar
© 2012-2020 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains.
DEVELOPED BY appharu.com
WP2Social Auto Publish Powered By : XYZScripts.com