कपिलवस्तुमा वडाअध्यक्ष र पत्रकारसहित थप ८ जनामा कोरोना पुष्टि
प्रकाशित मिति : जेष्ठ १०, २०७७ शनिबार
Journalists wear protection as they work in the streets of Tegucigalpa on March 30, 2020 during the lockdown ordered by the Honduran government to help slow the spread of the COVID-19 coronavirus pandemic. (Photo by Orlando SIERRA / AFP) (Photo by ORLANDO SIERRA/AFP via Getty Images)
कपिलवस्तुमा ८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विज्ञप्तीअनुसार थप ७ पुरुष र १ महिलामा कोरोना देखिएको हाे ।
वाणगंगा नगरपालिकाका एक वडाध्यक्ष र एक जना पत्रकारलाई समेत कोरोना संक्रमण पुष्टि भएको छ ।
कपिलवस्तुमा आज संक्रमित फेला परेकामा वाणगंगा नगरपालिकाका ५ पुरुष र १ महिला गरी ६ जना तथा बुद्धभुमि नगरपालिकाका २ पुरुष छन् ।
वाणगंगा नगरपालिकामा फेला परेका संक्रमित मध्ये ४० वर्षीय पुरुष वडा अध्यक्ष र २७ वर्षीय महिला सञ्चारकर्मी हुन् । शनिबार बिहान थप ८ जनामा कोरोना पुष्टि भएसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ७७ पुगेको छ ।






