कोरोनाबाट मृत्यु भएका गुल्मीका शिक्षकको शव ३० घण्टापछि उठाइयो !


प्रकाशित मिति : जेष्ठ ९, २०७७ शुक्रबार

मृत्यु भएको ३० घण्टापछि कोरोना संक्रमितको शब उठाइएको छ । गुल्मी मदाने ६ पुर्कोटका ४१ बर्षिय पुरुषको हिजो बिहान कोरोना संक्रमणका कारण रुपन्देहीको मणिग्राम स्थित क्रिमसन अस्पतालमा मृत्यु भएको थियो ।

अस्पतालले शव उठाउने प्राबिधिक छैनन भन्ने र आफन्तले अस्पतालले उपचार नगरेर मृत्यु भएको भन्ने बिवादका बिच मृत्यु भएको ३० घण्टा सम्म शव उठाउन सकिएको थिएन ।

नेपाली सेना र प्रहरिको टोलीले केहिबेर अघि अस्पतालबाट शव लिएर गएको तिलोत्तमा नगरपालिकाका प्रबक्ता सुरेन्द्र श्री ले जानकारी दिनुभयो । आफन्तले भने शव बुझ्न सहमती नजनाएको बताएका छन ।

हस्ताक्षर गर्न भनेर भनिएको थियो तर हामीले हस्ताक्षर गरेनौ त्यपछि शव उठाएर लिएर गए मृतकमा भाई भन्नुभएको छ । तर अस्पतालले परिवारलाई मृत्युको प्रमाणपत्र भने थमाएको छ ।

आफन्तको मागका बिषयमा पछि छलफल गर्ने सहमति भएको बताइएको छ । नेपाली सेनाले शवलाई देबदह नगरपालिकाको जंगलमा कोरोना मृत्यु निर्देशिका अनुसार अन्त्यष्टि गरेको छ ।

परिवारले कोरोना पुष्टि भएपछि अस्पताले उपचारनै नगरेको आरोप लगाएका छन । तर अस्पताल प्रशासनले भने उपचारमा कुनै कसर बाँकी नराखेको बताएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com